काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसुचक १.८८ अंकले घटेर २५७९.३३ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.१९ अंकले घटेर ४४५.८१ विन्दुमा पुगेको हो । आजको उक्त सेसनमा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य बढेको छ । आजको उक्त सेसनमा ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ४४ कम्पनीका ७ हजार ८३५ कित्ता सेयर ५६९ पटक खरिद बिक्री हुँदा ५४ लाख ९० हजार ६८९ रुपैयाको कारोबार भएको छ ।