नाडाको ४९औं वार्षिक साधारण सभा सम्पन्न, पौष २५ गते निर्वाचन हुने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले  ४९औं वार्षिक साधारण सभा (बन्द सत्र) सम्पन्न भएको छ। साधारणसभामा संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित भएको नाडा सचिवालयले जनाएको छ  । संस्थामा हाल नवीकरण भएका १ हजार ५ सय ४८ सदस्यहरूमध्ये १हजार ४ सय ८३ उपस्थित रहेको जनाएको छ ।

साधारण सभा नाडाको नियामक निकाय जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सो कार्यालयसँगको समन्वयमा प्रचलित कानूनी व्यवस्थाहरू बमोजिम सम्पन्न गरिएको जनाएको छ  । साधारणसभाले नयाँ कार्यसमिति चयनका लागि २०८२ साल पौष २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ  ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार