
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बिमित नागरिकहरूलाई सेवा प्रवाहमा ढिलासुस्ती र विभेद गर्ने स्वास्थ्य संस्था तथा सेवा प्रदायकहरूलाई तत्काल सचेत गराएको छ। बोर्डले यस्ता व्यवहार तत्काल रोक्न नभए कडा कानुनी कारबाही गरिने चेतावनी दिएको हो ।
पछिल्लो समय केही स्वास्थ्य सेवा प्रदायकहरूले बीमा भएका नागरिकहरूलाई प्राथमिकता नदिने, ढिलासुस्ती गर्ने र विभेदपूर्ण व्यवहार गर्ने घटनाहरू बढेको गुनासो प्राप्त भएको थियो। यस्तो अवस्थालाई ध्यानमा राख्दै बोर्डले सबै स्वास्थ्य संस्थालाई पत्राचार गरेर बिमितहरूको हकहित विपरीत कुनै पनि कार्य नगर्न सचेत गराएको हो।
बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलद्वारा जारी सूचनामा भनिएको छ, ‘यस्ता गतिविधिहरू स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ विपरीत छन्। अनुगमनका क्रममा कुनै पनि स्वास्थ्य संस्थाले नियम विपरीत कार्य गरेको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १२ उपदफा १ खण्ड (ख) अनुसार कडा कानुनी कारबाही गरिनेछ।’













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै