झण्डै १४ अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सिमित

काठमाडौं । बिहीबार पनि सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो दिन १५ अंकले घटेको बजार आज करिब १४ अंकले घटेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेको हो । आज सेयर बजारमा २०० कम्पनीको सेयर मूल्य घटेको छ भने ६७ कम्पनीको बढेको छ । ११ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.४० अंकले घटेर ४४९.९३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ । परिसूचक घटेको दिन सेयर बजारको कारोबार भने ४ अर्बमा सिमित भएको छ ।

आज सेयर बजारमा ३४१ कम्पनीका १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता सेयर ४४ हजार १९८ पटक खरिद बिक्री हुँदा ४ अर्ब ९ लाख ७१ हजार ८९८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर