सुनचाँदीको मूल्य फेरि बढ्यो, कायम भयो नयाँ रेकर्ड 

काठमाडौं । शुक्रबार नेपाली बजारमा फेरि सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको सुनचाँदीको मूल्य आज फेरि बढेको हो ।

आज सुन तोलाको १ हजार ८०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य १६५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य १६५ रुपैयाँले बढेर ४ हजार ५६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार