काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) को उद्घाटन खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा सल्हेट टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो ।
बलरहरु फिक्का रहेको लेखमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । उनले टोलिका लागि २ विकेट लिए । जितका लागि १९१ रनको लक्ष्य पाएको टोलिले २ बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । राजशाहीका कप्तान नाजमुल हुसैन सान्टोले उत्कृष्ट शतक प्रहार गरे । उनले ६० बलमा अविजित १०१ रन बनाए । मुस्फिकर रहिमले अर्धशतक बनाए । सिल्हेट टाइटन्सले पहिले ब्याटिङ गर्दै १९० रन बनाएको थियो ।