श्री नेवा: सम्पर्क समूह रामेछापको आफ्नै भवनको औपचारिक उद्घाटन सम्पन्न

 

ललितपुर । श्री नेवा: सम्पर्क समूह रामेछापको आफ्नै भवनको उद्घाटन सम्पन्न भएको छ।ललितपुर महानगरपालिका–१७, भेल्पा मार्ग, बाफल ग्वार्खोमा भव्य समारोहका बीच भवनको विधिवत् रूपमा उद्घाटन सम्पन्न गरिएको हो।

भवनको उद्घाटन कार्यक्रम ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख अतिथि महर्जनले रिबन काटेर भवनको औपचारिक उद्घाटन गर्नुका साथै भवन निर्माणमा सहयोग पुर्‍याउने चन्दादाताहरूको नाम अंकित मार्बल शिलालेख पनि अनावरण गरिएको छ।
उद्घाटन कार्यक्रमको विशेष अतिथिका रूपमा महालक्ष्मी नगरपालिका–५, टिकथलीका वडा अध्यक्ष कपिल केसीको उपस्थिति रहेको थियो। भवनले नेवा: समुदायबीच एकता, सहकार्य र सामाजिक विकासलाई थप मजबुत बनाउने उपस्थित अतिथिहरूले व्यक्त गरे।

सस्थाको सचिब भिम बहादुर श्रेष्ठकानुसार भवन निर्माण कार्य २०६४ सालमा जग्गा खरिदसँगै तत्कालीन कार्यसमितिले अध्यक्ष केशरबहादुर श्रेष्ठको नेतृत्वमा सुरु गरेको बताए ।यसै गरी २०७९ श्रावण १४ गतेदेखि निर्वाचित अध्यक्ष रामकुमार श्रेष्ठ (दिनेश)को नेतृत्वमा रहेको तीन वर्षे कार्यकालको कार्यसमिति, सचिवसहितको टिम, भवन निर्माण समितिका संयोजकमा कृष्णबहादुर श्रेष्ठ, र उप–संयोजकमा रामबहादुर श्रेष्ठ लगायतका टिमले पनि भवनको निर्माण कार्यालाई सम्पन्न गर्न पूर्ण सक्रियता दिएको र सक्रिय भूमिकाले भवन निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको बताए।

भवन उद्घाटनको अवसरमा पूर्व अध्यक्ष हरिबहादुर श्रेष्ठ (नविन)ले सहयोग संकलनमा निरन्तर योगदान पुर्‍याउँदै आएका कार्यसमितिलाई विशेष धन्यवाद व्यक्त गरे । यसै गरी अध्यक्ष रामकुमार श्रेष्ठ (दिनेश), नवराज श्रेष्ठ, शम्भुकुमार श्रेष्ठ, रत्नप्रसाद गौतम, कृष्णबहादुर श्रेष्ठ लगायतले पनि सम्पूर्ण सहयोगी दाताहरूको खुलेर प्रशंसा गरे।दाताहरुले आफ्नो समय, श्रम र आर्थिक सहयोगमार्फत समाजसेवामा पुर्‍याएको योगदानको सदा कदर रहने र समाजले यस्ता अमुल्य मन र योदान गर्ने दाताहरुबाट नैतिक शिक्षा लिन पर्ने समेत व्यक्त गरे।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार