एक वर्ष अविधिको २५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (पुस १६ गते) फेरि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ जारी गर्ने भएको हो ।

यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउने राष्ट्र बैंकले जनाएको छ । आज दिउँसो २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ । राष्ट्र बैंकका अनुसार बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ ।

यसको साँव भुक्तानी २०८३ पुस १६ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ । यसअघि पुस १४ गते राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार