काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेर कारोबार भएको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।
आज सुन तोलाका १ हजार ४०० रुपैयाँ र चाँदी ५५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५९ हजार ६०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ४७० रुपैयाँमा कारोबार भएको छ ।