
काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको वित्तीय विवरण अनुसार नोक्सानी सामान्य घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाक्सानी सामान्य घटेको हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ करोड ५९ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७४ लाख ९१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । कम्पनीको सञ्चालन आम्दानी बढेको र खर्च घट्का कारण नोक्सानी घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३९.४८ प्रतिशत बढेको छ भने कुल आम्दानी ७८.४३ प्रतिशत बढेको छ ।
त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ८.१४ प्रतिशत र वित्तीय खर्च ३५.७६ प्रतिशत घटेको छ । दोस्रो त्रैमासिकको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५३ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ४७ पैसा रहेको छ । २ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित