काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४० अंकले बढेर २६४०.७७ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा २५ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ भने २० कम्पनीको सेयर मूल्य बढेर कारोबार भएको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ०.०४ अंकले घटेर ४५४.८७ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ५० कम्पनीका ५ हजार ४५ कित्ता सेयर ९८ पटक खरिद बिक्री हुँदा ३० लाख ७८ हजार १०८ रुपैयाँ ४० पैसाको कारोबार भएको छ ।