सेयर बजार बढ्यो, कारोबार रकम पौने ११ अर्ब

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक २६ अंकले बढेर कारोबार बन्द भएको छ । आज सेयर बजार परिसूचक २६ दशमलव ४९ अंकले बढेर २७२२ दशमलव ७३ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्य मात्रै घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ३९ अंकले बढेर ४५८ दशमलव २२ विन्दुमा पुगेको छ । आज १३ वटा उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ । भने एउटाको सेयर मूल्य घटेको छ ।

आज परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । अघिल्लो दिन ७ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आजा पौने ११ अर्बको कारोबार भएको छ । आज सेयर बजारमा ३११ कम्पनीका २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटक खरिद बिक्री हुँदा १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

दुई कम्पनीमा सकारात्मक सर्किट

बिहीबार सेयर बजार उच्च अंकले बढेर कारोबार हुँदा दुईवटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा नेपाल माइक्रोको सेयर मूल्य ५३ रुपैयाँ ५० पैसाले बढेर ५८८ रुपैयाँ ७० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य पनि आज ९.९९ प्रतिशत अर्थात् ४४ रुपैयाँ २० पैसाले बढेर ४८६ रुपैयाँ ८० पैसा पुगेको छ ।

त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, सुपर मादी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् । आज हाइड्रोइलेक्ट्रिसिटीको सेयर मूल्य ६.८२ प्रतिशत अर्थात् २० रुपैयाँले बढेर ३१३ रुपैयाँ १० पैसा पुगेको छ ।

सुपर मादी हाइड्रोको सेयर मूल्य आज ६६ रुपैयाँ ९३ पैसाले बढेर १ हजार ७० रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.६७ प्रतिशतले धेरै हो । त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १२८ रुपैयाँ २८ पैसाले बढेर २ हजार ३२५ रुपैयाँ ३८ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.८४ प्रतिशतले धेरै हो ।

२ वटा डिबेन्चरका सेयर धनीले सबैभन्दा धेरै गुमाए

बिहीबार सेयर बजार उच्च अंकले बढ्दा पनि ५९ कम्पनीको सेयर मूल्य भने घटेर कारोबार भएको छ । त्यसमध्ये पनि सबैभन्दा धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा २ डिबेन्चर छन् ।

आजको कारोबार बन्द हुँदा एनआईसी एसिया डिबेन्चर २०८५/८६ र एसबिएल डिबेन्चर २०८३ रहेका छन् । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा बोटलर्स नेपाल (बालाजु), बलेफी हाइड्रोपावर र गुराँस लघुवित्त रहेका छन् । आजको कारोबार बन्द हुँदा एनआईसी एसिया डिबेन्चरको सेयर मूल्य ५४ रुपैया ९० पैसाले घटेर १ हजार ९० रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.७९ प्रतिशतले कम हो ।

त्यस्तै आज एसबिएल डिबेन्चरको सेयर मूल्य ३७ रुपैयाँ ३० पैसाले घटेर १ हजार ३८ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.४७ प्रतिशतले कम हो। आज बोटलर्स नेपालको सेयर मूल्य ८०१ रुपैयाँले घटेर १७ हजार १५१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.४६ प्रतिशतले कम हो ।

आजको कारोबार बन्द हुँदा बलेफी हाइड्रोपावरको सेयर मूल्य ८ रुपैयाँ १८ पैसाले घटेर २४५ रुपैयाँ ३२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.२३ प्रतिशतले कम हो । गुराँस लघुवित्तको सेयर मूल्य पनि आज ९७ रुपैयाँ ३१ पैसाले घटेर २ हजार ९४५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.२० प्रतिशतले कम हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार