
काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । निगमको ५६औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले कुल कारोबार ३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको र यस अवधिमा १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी राजस्व राज्यलाई योगदान गरिएको जानकारी दिए । उनले निगम पछिल्ला वर्षहरूमा निरन्तर आर्थिक रूपमा सुदृढ बन्दै गएको उल्लेख गरे ।
डा. भट्टका अनुसार निगमको वित्तीय सुधारको मुख्य आधार २०७१ सालदेखि लागू गरिएको स्वचालित मूल्य समायोजन प्रणाली हो । यही प्रणालीका कारण निगम घाटाबाट बाहिर निस्कँदै दिगो नाफाको अवस्थामा पुगेको उनले बताए । साथै, पूर्वाधार विस्तारले ढुवानी लागत घट्नुका साथै व्यवस्थापनलाई थप प्रभावकारी बनाएको उनको भनाइ छ ।
पछिल्ला वर्षमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, अमलेखगञ्जमा ठूलो क्षमताको भण्डारण गृह र पोखरामा हवाई इन्धन भण्डारण केन्द्र सञ्चालनमा आएपछि इन्धन आपूर्ति सहज बनेको निगमको दाबी छ । प्रविधितर्फ ‘फ्लो मिटर’ र ईआरपी प्रणाली लागू गरेर चोरी, चुहावट नियन्त्रण तथा कारोबारमा पारदर्शिता बढाइएको जनाइएको छ । यसले उपभोक्तालाई सस्तो इन्धन उपलब्ध गराउन सहयोग पुगेको निगमको भनाइ छ ।
आगामी दिनमा निगमले परम्परागत इन्धन व्यापारसँगै क्लिन इनर्जी र व्यवसायिक विविधीकरणमा जोड दिने योजना अघि सारेको छ । पेट्रोलमा इथानोल मिश्रण, हरित हाइड्रोजनको व्यावसायीकरण, नयाँ पाइपलाइन र डिपो निर्माण, दुर्गम क्षेत्रमा पेट्रोल पम्प विस्तार तथा संस्थालाई पब्लिक लिमिटेडमा लैजाने विषय अध्ययनको चरणमा रहेको डा. भट्टले जानकारी दिए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा सहित विभिन्न उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।












समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम