
काठमाडौं । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा निर्माण हुने ११० मेगावाट क्षमताको दुधकोशी पाँचौं जलविद्युत् आयोजना निर्माण हुने भएको छ । जिल्लाको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ का विभिन्न क्षेत्रमा फैलिने गरी प्रस्ताव गरिएको हो ।
आयोजना स्थानीय स्तरमा ऊर्जा उत्पादनसँगै रोजगारी सिर्जनाको दृष्टिले महत्वपूर्ण मानिएको छ । आयोजनाको विद्युतगृह माप्य दुधकोशी गाउँपालिका–४ अन्तर्गत काँकुखोला र दुधकोशी नदीको सङ्गम बिन्दुबाट करिब ७३० मिटर माथि निर्माण गरिनेछ । आयोजना सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा वार्षिक ६१७.८६ गिगावाट घण्टा विद्युत् आपूर्ति हुने अनुमान गरिएको छ । जसले देशको ऊर्जा आपूर्ति सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
निर्माण चरणमा ६० जना दक्ष, १५० जना अर्धदक्ष र ३५५ जना अदक्ष गरी ठूलो संख्यामा जनशक्तिले रोजगारी पाउनेछन् । यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । विद्युत् विकास विभागले यस आयोजनालाई अर्धजलाशययुक्त (सेमी–रिजर्भायर) प्रकृतिमा निर्माण गर्न यसअघि नै सहमति प्रदान गरिसकेको छ। इन्डेपेन्डेन्ट पावर कम्पनी नेपालले प्रवद्र्धन गर्ने यस आयोजना प्रारम्भमा नदी प्रवाही (रन अफ द रिभर) मोडेलमा अघि बढाइएको थियो । तर पछिल्लो संरचनागत परिवर्तनसँगै अर्धजलाशययुक्त बनाइने भएपछि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढाइएको छ ।
वन तथा वातावरण मन्त्रालयले उक्त पूरक वातावरणीय अध्ययनका लागि आवश्यक सुझाव उपलब्ध गराउन सरोकारवाला निकायसँग आग्रह गरेको छ । आयोजना निर्माणका लागि करिब २५.२८ हेक्टर सामुदायिक वन क्षेत्र प्रयोग हुने र यस क्रममा २ हजार ४५९ वटा खोटेसल्ला, बाँझ, चिलाउने, उत्तिस, मौवा, मलाट, भलायो र जामुन लगायतका रुख कटान गर्नुपर्ने देखिएको छ । प्राविधिक रूपमा आयोजनाको ग्रस हेड २३७.९ मिटर र रेटेड नेट हेड २२२.३ मिटर रहनेछ। उत्पादित विद्युत् नयाँ खिम्ती सबस्टेशन, देवीटार (दोलखा) मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
आयोजनाको कुल लागत करिब १९ अर्ब ११ करोड रुपैयाँ अनुमान गरिएको छ । जसअनुसार प्रतिमेगावाट लागत करिब २० करोड रुपैयाँ पर्ने देखिन्छ । प्रवद्र्धक कम्पनीका अनुसार आयोजना निर्माण ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम