
साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २३.५९ अंकले घटेर २४८१.९८ विन्दुमा पुगेको हो ।
त्यस्तै आज सन्सेटिभ इन्डेक्स पनि १.११ अंकले घटेर ४३४.९० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ । आज सेयर बजारमा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४५ कम्पनीको सेयर मूल्य बढेको छ । ९ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
आज सेयर बजारमा ३ अर्ब १९ करोड ६२ लाख ९० हजार २१८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा २०९ कम्पनीका ७५ लाख १५ हजार १७८ कित्ता सेयर ३५ हजार ८३७ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
चामे–बेँसीसहर सडक अवरुद्ध
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
उपत्यकाका १००० भन्दा बढी पसलमा ११० रुपैयाँ किलोमा चिनी सर्वसुलभ रूपमा पाइने सरकारको दाबी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
भोटेकोशी बाढी प्रभावितका लागि एनसेलका कर्मचारीको ३३ लाख ५० हजार सहयोग
नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त
सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो
गभर्नरको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव अर्थ समितिबाट पारित
नबिल बैंकको साधारण सभा २२ गते, बुक क्लोज कहिले ?
असोज १ देखि सार्वजनिक सवारीसाधनको दर्ता खुला