
काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक चियाघर सञ्चालनमा आएको छ। आजदेखि औपचारिक रूपमा सुरु गरिएको उक्त चियाघरले परम्परागत चिया संस्कृतिलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ।
करिब ९ आना क्षेत्रफलमा फैलिएको चियाघर एकैपटक करिब १०० जना ग्राहक अट्ने क्षमतासहित सञ्चालनमा आएको हो। आन्तरिक सजावट आधुनिक शैलीमा गरिएको छ, जसले ग्राहकलाई आरामदायी वातावरणमा चिया सेवनसँगै भेटघाट गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।स्याङ्जाको वालिङ नगरपालिका घर भएका अनुराग खनाल, सुयोग बस्नेत र नुवाकोटका परमिश दाहालको संयुक्त लगानीमा ‘चिया बन्धु’ स्थापना गरिएको हो।अध्ययनकालदेखि नै सहकार्यमा रहेका उनीहरूले सोही सहकार्यलाई व्यवसायमा रूपान्तरण गर्दै चियाघर सञ्चालनमा ल्याएका हुन्।

सञ्चालक खनालका अनुसार काठमाडौंमा गुणस्तरीय चिया र सहज भेटघाट स्थलको अभाव महसुस भएपछि यो अवधारणा अघि सारिएको हो। उद्घाटनको अवसरमा विशेष अफरसमेत राखिएको थियो। पहिलो दिन ग्राहकहरूले मसला चिया र कुकीज १० रुपैयाँमै प्राप्त गर्न सक्ने व्यवस्था गरिँदा बिहानैदेखि चियाघरमा उल्लेख्य भीड देखिएको थियो। सञ्चालकका अनुसार उद्घाटनकै दिन एक हजार कपभन्दा बढी चिया बिक्री भएको छ।
चिया मात्र नभई विभिन्न खाजा तथा नास्ताको समेत व्यवस्था गरिएको चियाघरले विशेषगरी युवा पुस्ता र कार्यालय जाने कर्मचारीलाई लक्षित गरेको छ। कालिकास्थान क्षेत्रमा नयाँ स्वाद र सामाजिक भेटघाटको केन्द्रको रूपमा ‘चिया बन्धु’ स्थापित हुने अपेक्षा गरिएको छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम