सुनको मूल्यमा आज पनि रेकर्ड कायम, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । सुनको मूल्य आज तोलामा १ हजार ५०० रुपैयाँले बढेर इतिहासकै उच्च बनेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३१५ रुपैयाँले बढेर तोलाको ५ हजार ६५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदकिो मूल्य ५ हजार ३४० रुपैयाँ रहेको थियो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार