काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री आजदेखि खुल्ला गरेको छ।
कम्पनीले आफ्नो जारी पूँजी २ अर्बको २० प्रतिशत अर्थात् ४० करोड बराबरको साधारण शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता साधारण शेयर श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। प्रति शेयर अंकित मूल्य १०० रहेको छ ।
लागानीकर्ताले २०८२ माघ ४ गते देखि२०८२ माघ ०८ गते बैंकिङ समय सम्म आबेदन दिन सक्नेछन्
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालनमा ल्याइएको “मेरो सेयर” अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।