काठमाडौं । कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री नियुक्त भएका बब्लु गुप्ताले राजीनामा दिएका छन्। मन्त्री गुप्ताले राजीनामा दिने निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराइसकेको र हाल प्रक्रिया अगाडि बढिरहेको बताएका छन्।
पछिल्लो समय अमेरिका भ्रमणसम्बन्धी विषयलाई लिएर उनी विवादमा तानिएका थिए। उक्त विषयमा आलोचना बढ्दै गएपछि मन्त्री गुप्ताप्रति प्रधानमन्त्रीसमेत असन्तुष्ट रहेको बताइएको छ।