
दाङ। जिल्लाको दङ्गीशरण गाउँपालिका-२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण बन्दै गएको छ । यहाँबाट दाङका सम्पूर्ण भूभागसहित सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रेसहितका विभिन्न हिमालहरू देखिने भएकाले पनि पर्यटक आउन थालेका छन् । त्यत्तिमात्र होइन, राजाकोटबाट बबई, राप्ती नदी, बाँकेका विभिन्न भूभागको अवलोकन पनि गर्न सकिन्छ ।
पछिल्लो समय राजाकोटलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालिएको दङ्गीशरण-२ गोल्टाकुरीका प्रकाश डाँगीले बताए । “यो क्षेत्र अवलोकनका हिसाबले रमणीय ठाउँ हो, त्यसैले पनि यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिन्छ”, उनले भने ।
राजाकोट दङ्गीशरण राजाले औलो लाग्दा बस्ने गरेको ठाउँका रूपमा रहेको स्थानीय चक्रमिलन विश्वकर्माले बताए । उनका अनुसार सोही ठाउँमा टेलिकमको पुरानो टावर पनि छ । गोल्टाकुरीबाट पाँच किलोमिटर पैदल हिँडेपछि राजाकोट पुग्न सकिन्छ । नजिकै कुनै बेला हाटबजार जाँदा रुकुम, सल्यान, रोल्पाका नागरिकले प्रयोग गर्ने तिलकन्या नाका भएकाले पनि यो क्षेत्र पर्यटकीय हिसाबले उत्तम रहेको स्थानीय देवीराम कुसारीले बताए ।
जहाँ विभिन्न स्थानका आन्तरिक पर्यटकले शनिबार ‘हाइकिङ’समेत गरेका थिए । गोल्टाकुरीबाट दुई घण्टामा पैदल हिँडेर त्यहाँ पुगेका थिए । सोही स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि पहल गर्ने दङ्गीशरण गाउँपालिकाका प्रवक्ता रमेश भण्डारीले बताए ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना