
पर्वत । कालीगण्डकी नदी तटमा सदियौंदेखि एक रहस्यमयी चित्रैचित्रले भरिएको मालढुङ्गा नामक शिला गमक्क परेर बसेको झैँ देखिन्छ । पवित्र नदी कालीगण्डकी तटको मालढुङ्गा क्षेत्रमा रहेको यस शिलाभरी विभिन्न आकारका चित्र प्राकृतिक रुपमा कुँदिएका छन् ।
धार्मिक महत्व बोकेको आकारमा विशाल रहेको हल्का खैरो र पहेलो रङ्ग जस्तो देखिने शीला मालढुङ्गा जोकोहीलाई रहस्मयी लाग्छ । पर्वतको कुश्मा नगरपालिका वडानं.–१ मा पर्ने मालढुङ्गा शिलामा हल्का पहेलो रङ्गले पोतिएको माला जस्तै आकृति देख्न पाइन्छ । मालढुङ्गा आसपासका अन्य शिलाभन्दा फरक छ । मालढुङ्गा शसलाको नामबाट नै मालढुङ्गा बजारको नाम रहेको हो । मालढुङ्गा शिलाको पूर्वपश्चिम तिर माझी र बोटेबस्ती छ । पश्चिमपट्टि पोखरा–बाग्लुङ राजमार्गसँगै मालढुङ्गा बजार छ । बजारदेखि उत्तरतर्फ रहेको मालढुङ्गा शिलालाई मालढुङ्गा–बेनी राजमार्गबाट सजिलै देख्न सकिन्छ ।
स्थानीय बोटे र माझी समुदायका अनुसार शिलामा देखिने माला आकारको पोतिएको चित्रका कारण मालढुङ्गा भनिँदै आएको हो । विशाल र चिल्लो ढुङ्गमा सिपालु चित्रकारले कुँदेर बनाएको जस्तो लाग्ने अनेकौं प्रकारका आकृतिले पनि मालढुङ्गालाई रहस्यमयी बनाएको छ । मालढुङ्गामा विभिन्न देवीदेवताको स्वरुप, चक्र, गौमुख, हात्तीको पाइला, सूर्यचन्द्रमा, माछा, आँखा, हात्तीको पाइला, बिच्छीलगायतको चित्र देख्दा जोकसैले चित्र प्रदर्शनी कक्षको अवलोकन गरेजस्तै महसुस गर्दछन् ।
माझी समाजका अध्यक्ष मानबहादुर बोटेले मालढुङ्गालाई आफूहरुले शिवको स्वरुप मानेर पूजा गर्ने गरेको बताउँछन् । अध्यक्ष बोटेका अनुसार मालढुङ्गा शिलाको माथिल्लो भागमा कमलको फूलको चित्र प्रष्ट देख्न सकिन्छ भने भगवानको हातले आशीर्वाद दिएको जस्तै लाग्ने चित्र कुँदिएको देखिन्छ । मानिसहरु त्यतिबेला अचम्म हुन्छन् जब मालढुङ्गाकै पूर्वपट्टिको भित्तामा पाँच खण्डमा रहेको गजुरसहितको मन्दिर आकारमा देखिने चित्र छन् । स्थानीय ३८ वर्षीय युवा गणेश माझीका अनुसार मालढुङ्गाको अन्य भागमा लेउ लाग्ने गरेको भए नि यो मन्दिर आकारको देखिने चित्रमा भने कहिल्यै लेउ नलागेको र स्वरुप उस्तै छ ।
धार्मिक एवं पर्यटकीय महत्वको मालढुङ्गाको महत्व उजागर हुन नसकेकोमा बोटे र माझी समुदाय अगुवाहरुको गुनासो छ । कुश्मा नगरपालिका वडानं.– १ का अध्यक्ष खगराज पौडेलले धार्मिक महत्वको मालढुङ्गा संरक्षण र प्रवर्धन हुन नसकेको स्वीकार गर्दै भने, ‘मालढुङ्गाको धार्मिक र ऐतिहासिक महत्वलाई जनमानससम्म पुराउन अब लाग्नुपर्छ । यसपालि मालढुङ्गाको संरक्षणका लागि दुई लाख रुपियाँ रकम विनियोजन गरिएको छ ।’
मालढुङ्गा पहिले मालढुङ्गाकै माथिल्लो भाग पाङमा रहेको र पछि पहिरो जाँदा तल कालीगण्डकी तटमा खसेको कुरा आफ्ना बाबुबाजेबाट सुन्दै आएको वडा अध्यक्ष पौडेलको भनाइ छ । यस्तै ७० वर्षीय यामबहादुर माझीले आफ्ना पुर्खाहरुबाट सुन्दै आएको मालढुङ्गा शिलाबारेको किम्वदन्ती रहेको बताए । ‘मालढुङ्गा माथि पाङबाट खसेको थियो । खसेर कालीगण्डकी किनारको पारिपट्टि रहेको मालढुङ्गा शिवस्वरुप शक्ति हो । पारि रहँदा कालिका भगवतीसँग कुनै कुरामा मतभेद भएपछि पुनः वारि आएर बसेका हुन्,’ उनले भने ।
अगुवा माझीबोटेका अनुसार माझीबोटे वस्तीमा अनुसार पहिले बंगुर पाल्ने र फोहोर रहेको हुँदा मालढुङ्गामा भक्तजन आउने नगरेको भएपनि अहिले सरसफाइ गर्दै जाँदा सबै आउन थालेका छन् । मालढुङ्गामाथि लक्ष्मीनारायणको सानो आकारको मन्दिर निर्माण गरिएको छ । यो मन्दिर बोटेमाझीकै पहलमा निर्माण भएको हो । वर्षमा एकपटक पुजा हुने मन्दिरको पुजारी बोटे छन् ।













समाचार
सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी
पातपतिङ्गरबाट प्राङ्गारिक मल
नारायणघाट–बुटवल सडकमा बाँदरलगायत वन्यजन्तुका लागि क्यानोपी ब्रिज निर्माण
नेपालगञ्जमा विद्युत् आपूर्ति समस्याको समाधानका लागि पूर्वाधार सुदृढीकरणका कार्यक्रम तत्काल अघि बढाइने
देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना
जोखिममा परेका बालबालिकालाई सहयोग
विश्वकप फुटबल : पाराग्वेलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
मोरक्को क्वार्टरफाइनलमा प्रवेश, क्यानडा पराजित
यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर