काठमाडौं । पर्सा जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग सो धरौटी तिर्न आदेश दिएको हो।
गत असार १ मा वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा दर्ता गरिएको थियो। उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो माग गरिएको छ।
हाल, लामिछाने अदालतमा हाजिर भएर चितवन २ बाट मनोनयनमा उम्मेदवारी दिने तयारी गरिरहेका थिए