
दाङ । दाङमा कृषि उपकरणको प्रयोग बढ्दै गएको छ । यसले व्यावसायिक रुपमा कृषि कर्म गर्दै आएका किसानलाई सहज भएको छ । उत्पादन समेत बढेको छ ।
खेती गर्न जनशक्ति, लागत र समय कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषि उपकरणको प्रयोग बढ्दै जान थालेको छ । कृषि व्यवसाय गर्नेको सङ्ख्यामा कमी आएको समयमा कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको राजपुर गाउँपालिका–६ गङ्गदीका किसान निमराज चौधरी बताउँछन् । सानो परिवार भएको समयमा खेती गर्न समस्या भइरहेको बेला कृषियन्त्रको प्रयोगले खेती गर्न सहज भएको उनी बताउँछन् ।
जोत्नेसँगै धानलगायतका अन्यबाली दाउँनेसमेत व्यवस्था भएपछि सानो परिवारले पनि छोटो समयमा धेरै खेती गर्न सकिने बनाएको चौधरी बताउँछन् । आधुनिक तरिकाले खेती गर्दा सहज भएको उनको भनाइ छ । थोरै खेती गर्दा पनि वर्षभरी खान पुगेको अनुभव उनको छ ।
‘अहिले प्रविधिको प्रयोगले खेती गरिदिने व्यक्ति खोज्नुपर्ने बाध्यता हटेको छ, गाउँमा पछिल्लो समय गोरु पाल्न छोडिसकेका छन् । तर प्रविधिको सहयोगले खेतबारी जोत्नेदेखि दाउनेसम्म व्यवस्था भएपछि अहिले धेरै राम्रो भएको छ,’ चौधरीले भने । राजपुर गाउँपालिका–६ गङ्गदीमा रहेको बड्का बगिया कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहका चौधरीले कृषि सहकारीले पनि विभिन्न कार्यक्रममार्फत किसानलाई सहयोग गर्दै आएको बताए ।
विगत केही वर्षयता ट्याक्टरको सहायताले धान बोक्ने, दाउनेसँगै खेतबारी जोत्ने काम गर्दै आएको राजपुर गाउँपालिका–५ सालभौरीका गोविन्द चौधरी बताउँछन् । ‘सानो परिवारमा खेती गर्न समस्या हुने गरेको थियो । तर प्रविधिको प्रयोगले जोत्नेदेखि बोक्ने र दाउने समेत गाउँमै व्यवस्था भएपछि खेती गर्नलाई सजिलो भएको छ,’ चौधरीले भने । उनका अनुसार कृषियन्त्रको प्रयोगले पछिल्लो समय आफूजस्ता गाउँभरका किसानलाई सहजता भएको बताए ।
कृषि सहकारीले पनि ५० प्रतिशत अनुदानमा कृषि उपकरण, बीउ विजनसमेत प्रदान गर्दा सहज भएको चौधरी बताउँछन् । कृषिमा काम गर्ने व्यक्तिको अभावमा खेतबारी बाझो भइरहेको समयमा कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको उनले बताए । ‘गाउँमा जोत्नका लागि गोरु छैनन्, । त्यसैमा अधिकांश घरका पुरुष कमाउनका लागि देश बाहिर छन् । यसले अधिकांशको खेतभरी बाझै रहने अवस्था थियो । तर गाउँमा जोत्न ट्र्याक्टर र दाउन थ्रेसर भएपछि अधिकांशले खेती गर्ने गरेका छन्,’ चौधरीले भने ।
धान काट्न, बोक्न र दाउनका लागि करिब एक महिना लाग्ने गरेको चौधरीले बताए । ‘पहिले धान काट्ने र घरमा ल्याएर दाउन एक महिना लाग्ने गरेको थियो । तर अहिले प्रविधिको सहायताले एक हप्तामै सबै काम सकिन्छ । बचेको समयमा अन्य धेरै काम गर्न सकिने भएको छ,’ उनले भने । बड्का बगिया कृषि सहकारी संस्थाका कृषि प्राविधिक कृष्णा चौधरीले कृषियन्त्रको प्रयोगले किसानलाई सहज भएको बताए ।
कम जनशक्तिले पनि धेरै उत्पादन गर्न सकिने उनले बताए । सहकारीमार्फत पनि कृषिसम्बन्धी विभिन्न चेतनाका कार्यक्रमसँगै कृषियन्त्र, मल, बीउलगायत किसानलाई ५० प्रतिशत अनुदानमा दिँदै आएको चौधरी बताउँछन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम