
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकास्थित बाल गीताञ्जली स्कुलमा श्रीपञ्चमी–२०८२ को अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधनासहित अक्षरारम्भ तथा विविध मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । श्रीपञ्चमीको पावन अवसरमा आयोजित कार्यक्रममा बालबालिकाहरूको अक्षरारम्भ गरिनुका साथै विद्यालयले १७० जना बालबालिकालाई निःशुल्क भर्ना गरेको छ । शिक्षा सबैका लागि सुलभ बनाउने उद्देश्यका साथ निःशुल्क भर्ना कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमका अवसरमा विद्यालयका प्रिन्सिपल महिन्द्रा राज घिमिरेले बालबालिकामा सानै उमेरदेखि संस्कार, संस्कृतिप्रतिको सम्मान र सिकाइप्रतिको रुचि विकास गराउन यस्ता कार्यक्रम उपयोगी हुने बताए । उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै बालमैत्री वातावरणमा सिर्जनात्मक क्षमता उजागर गर्ने अवसर दिन निरन्तर प्रयास गरिरहेको जानकारी दिए । कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले आफूले जानेको लोकनृत्य प्रस्तुत गर्नुका साथै गायन, अभिनयलगायत आफ्ना प्रतिभा देखाएका थिए । विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रम थप आकर्षक बनेको थियो ।
त्यसैगरी विद्यालय परिसरमा आठवटा स्टल राखी विद्यार्थीहरूलाई विभिन्न मनोरञ्जनात्मक खेल खेलाइएका थिए । खेल तथा मनोरञ्जनका माध्यमबाट सिकाइलाई रमाइलो बनाउने उद्देश्यले स्टलहरू सञ्चालन गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयको पहलको प्रशंसा गरेका छन् । एक अभिभावकले धार्मिक तथा सांस्कृतिक पर्वलाई शिक्षासँग जोडेर आयोजना गरिएको कार्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने बताइन् । उनले निःशुल्क भर्ना कार्यक्रमले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई पनि गुणस्तरीय शिक्षामा पहुँच दिलाएको भन्दै विद्यालयप्रति विश्वास बढेको प्रतिक्रिया दिइन् ।
श्रीपञ्चमीको अवसरमा आयोजित यस कार्यक्रमले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूबिच आपसी सद्भाव र उत्साह थपेको सहभागीहरूको भनाइ छ ।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने