विदेशी लगानी सहजीकरण गर्न बोर्डले तोक्यो आर्थिक कूटनीति सम्पर्क व्यक्ति

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय लगानीलाई थप सहजीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कूटनीति सम्पर्क व्यक्ति (फोकल पर्सन) नियुक्त गरेको छ।

लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार आर्थिक कूटनीति सम्पर्क व्यक्तिले परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रतिनिधिसँग समन्वय गर्दै नेपालमा लगानी भित्र्याउने कार्यमा सहजीकरण गर्नेछन्।

लगानी बोर्डले आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकिएको जानकारी परराष्ट्र मन्त्रालयलाई गराइसकेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार