
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा १.११ प्रतिशतले नाफा बढेको हो ।
चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा कम्पनीले २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको ६ महीनासम्म २८ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको आम्दानीमा बढोत्तरी भएकोले नाफा बढ्नमा टेवा पुगेको देखिएको छ ।
गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म ३.६४ प्रतिशतले वृद्धि भई २ अर्ब २६ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको वित्तीय विवरणले देखाएको छ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानीमा भने गिरावट देखिएको छ । कम्पनीको कुल आम्दानी २ अर्ब ९४ करोड २० लाख रुपैयाँबाट ११.२२ प्रतिशतले घटेर २ अर्ब ६१ करोड २० लाख रुपैयाँमा झरेको छ । आम्दानी घटेपछि कम्पनीले खर्च पनि घटाएको छ । कम्पनीको कुल खर्च २ अर्ब ६६ करोड रुपैयाँबाट १३.५८ प्रतिशतले घटेर २ अर्ब २९ करोड ८६ लाख रुपैयाँमा झरको छ ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार ८ अर्ब ९६ करोड ९४ लाख रुपैयाँबाट बढेर ११ अर्ब ४ करोड ७९ लाख रुपैयाँ नाघेको छ भने प्रतिसेयर आम्दानी १४.२५ रुपैयाँबाट घटेर ११.३० रुपैयाँमा झरेको छ । कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो २.३३ प्रतिशतबाट बढेर २.४३ प्रतिशत कायम भएको छ । प्रतिसेयर नेटवर्थ १४७.२८ रुपैयाँ रहेको यस कम्पनीले ६ महीनामा बीमा पोलिसी रिन्यू गरी १ अर्ब ५६ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ रहेको यस कम्पनीको सेयर प्रिमियम १ अर्ब ३० करोड २२ लाख रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ६१ लाख रुपैयाँ, जगेडा कोषमा ५४ करोड ८५ लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम