
काठमाडौं । यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको छ । गत साता २७०८.७० विन्दुमा बन्द भएको नेप्से, यस साता १.३९ प्रतिशत अर्थात ३७.६३ अंक घटेर २६७१.०७ विन्दुमा बन्द भएको हो ।
यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये १ कारोबार दिन नेप्से बढेको थियो भने ४ कारोबार दिन घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ३.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक घटेको छ । नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औषतमा ९ अर्ब १ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १० अर्ब १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १२.८७ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या १२.८९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १.९० प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब साढे १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ६३ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ८४ अर्ब रुपैयाँमा सीमित भएको छ ।
१३ उपसमूहमध्ये यस साता १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक ०.३२ प्रतिशत बढेको हो। गत साता ३५८१.४३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ११.६२ अंक बढेर ३५९३.०५ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको छ।
यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.१५ प्रतिशत घटेको छ। गत साता ७६८७.१९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४७२.७४ अंक घटेर ७२१४.४५ विन्दुमा झरेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ ।












समाचार
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन