
काठमाडौं । यो साता नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ । गत साता २६३५ दशमलव ०९ विन्दुमा बन्द भएको नेप्से यो साता १.७६ प्रतिशत अर्थात ४६ दशमलव ४७ अंक घटेर २५८८ दशमलव ६२ विन्दुमा पुगेको हो ।
यो साता ४ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन नेप्से बढेको थियो । यस साताको बुधबार नेप्से सामान्य अंक बढेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ११ दशमलव ९२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३ दशमलव ७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव ७१ अंक बढेको छ ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ६ अर्ब ५ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ६० करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ७.४५ प्रतिशत घटेको हो । यस साता दैनिक औषत सेयर संख्या १८.५९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १२.२३ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण १.७६ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता ७७ अर्ब रुपैयाँ घटेर ४२ खर्ब ९३ अर्बमा सीमित भएको छ । यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १२.९६ प्रतिशत घटेको छ । गत साता ३०३३ दशमलव ०४ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ३९३ दशमव ०८ अंक घटेर २६३९ दशमलव ९६ विन्दुमा झरेको छ।
यस साता जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा कम ०.१३ प्रतिशत घटेको छ । गत साता ३६७४ दशमलव ६२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४ दशमलव ८५ अंक घटेर ३६६९ दशमलव ७७ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ० दशमलव ०६ अंक घटेको छ ।












समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल