
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै आइतबार युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०९ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । आज स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ २३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ १७ पैसा र बिक्रीदर १११ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ९२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर २ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १५ पैसा र बिक्रीदर १६ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९२ पैसा र बिक्रीदर २४ रुपैयाँ ०१ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ५०० रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३४ पैसा बिक्रीदर ४०६ रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ५१ पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।













समाचार
म्यानचेस्टर युनाइटेड हलसँग पराजित
जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने
प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने
साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता
बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ पर्व
दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु
हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात