
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ ।
आज अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३० पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा रहेको थियो । साथै शुक्रबारका लागि युरो (युरोपियन युरो) एकको खरिदर १४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५९ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४४ रुपैयाँ २१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८६ पैसा रहेको थियो ।
त्यसैगरी आज युके पाउण्ड स्ट्रर्लिङ एकको खरिदर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा रहेको छ । स्वीस फ्रयाङ्क एकको खरिदर १५३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३७ पैसा रहेको छ । त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०२ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । त्यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर ३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३ रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १२ रुपैयाँ ५३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ९० पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५८ रुपैयाँ ८९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।













समाचार
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन