फुटलसमा काष्ठमण्डपको तेहोरो जित

काठमाडौं। काष्ठमण्डप विद्यालयले १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा सोमबार तीन खेलमा जित हात पारेको छ । तीन फरक उमेरसमूहमा जित हात पारेको काष्ठमण्डपले यु–९, यु–११ र यु–१३ सफलता पायो ।

यु–९ मा काष्ठमण्डपले राई स्कुललाई ४–० गोलले पराजित गर्‍यो । काष्ठमण्डपका स्लोक रिमालले २ तथा अनय रेग्मीले १ गोल गरे । एक गोल आत्माघाती थियो । यु–११ मा काष्ठमण्डपले आयोजक एक्सेल्सियर (यल्लो) लाई ४–२ गोलले हरायो । विजेताका अधिराज श्रेष्ठले २ तथा नडुप प्रसाईं र शिभांकराज भट्टले १–१ गोल गरे । एक्सेल्सियरका दृशान्त कार्की र जम्बाला डोर्जे लामाले समान १–१ गोल गरे ।

यु–१३ मा काष्ठमण्डपले एक्सेल्सियर (नीलो) लाई ५–१ गोलले पाखा लगायो । काष्ठमण्डपका वैभव बुढाथोकीले २ तथा सुजस्विन ओझा, नेयोन भण्डारी र साहस्य सिंहले समान १–१ गोल गरे । एक्सेल्सियरका ओजस पाठकले सान्त्वना गोल गरे । यु–९ मा दोहोरा जित निकालेको कोहिनुरले लाइफ स्कुललाई १–० तथा एक्सेल्सियर (यल्लो) लाई समान २–० को नतिजामा पन्छायो ।

यु–१३ मा रिब्सले ज्ञानोदय बालवाटिकालाई १–०, एक्सेल्सियर (यल्लो) ले ज्ञानोदयलाई २–१, कोहिनुरले बोधीसत्वलाई ३–०, एआई स्कुलले सेक्रेड हार्टलाई ३–० र हार्ट ल्यान्डले सेक्रेड हार्टलाई २–१ गोलले पराजित गरे । किड्स लर्निङ र बोधीसत्वले गोलरहित बराबरी खेले । यु–१६ मा रिब्सले एलआरआईमाथि २–० को जित दर्ता गर्‍यो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार