
काठमाडौं। समृद्धि स्कुलले सातौं डिएभी प्लस टु अन्तरकलेज सिक्स ए साइड छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।डिएभी (नेब) प्लस टुको सहयोग तथा डिएभी स्पोर्ट्स क्लबको आयोजनामा जावलाखेलमा भएको प्रतियोगिताको फाइनलमा समृद्धिले हेराल्ड इन्टरनेसल कलेजलाई ३–१ गोलले पराजित गर्यो । समृद्धिका सौगात राना मगर, क्याप्टेन बोगटी र डेनियल सेनले समान १–१ गोल गरे । हेराल्डका विराज तामाङले सान्त्वाना गोल फर्काए । उपाधिसंगै समृद्धिले ३ लाख तथा हेराल्डले २ लाख नगद पुरस्कार पाए ।
समृद्धिका क्याप्टेन बोगटी उत्कृष्ट खेलाडी तथा हेराल्डका निराजन मगर उत्कृष्ट गोलरक्षक घोषित भए । एआईटीएम कलेजका सुशन बलामी सर्वाधिक गोलकर्ता बने । तीनैले जनही १५ हजार नगद पुरस्कार पाए । विजेतालाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेत र शिव शक्ति एडु मार्ट प्रालिका संस्थापक महेश गिरहियाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा ४० टिम सहभागी थिए । प्रतियोगता प्लस टु तहको सबैभन्दा ठूलो धनराशिको प्रतियोगिता भएको कलेजका प्रिन्सिपल सुमन बस्नेतले दाबी गरे ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना