
काठमाडौं । एर्लिङ हालान्डले आफ्नो शीर्ष स्तरको करियरको ३ सयौं गोल पूरा गरेको खेलमा म्यानचेस्टर सिटीले युभेन्टसलाई क्लब विश्व कपमा ५–२ ले पराजित गरेको छ। सिटी समूह ‘जी’ को शीर्षमा पुग्यो।
१० मिनेटमा नै सिटीले अग्रता लिएको थियो। रायन एइट–नूरीको पासलाई जेरेमी डोकुले गोल गरे । तर युभेन्टसले तुरुन्तै गोल फर्कायो । गोलकिपर एडरसनको कमजोर पासलाई ट्युन कुपमाइनर्सले पाएको बलमा गोल गरे। २६ औं मिनेटमा सिटीले पुनः अग्रता लियो। विपक्षी खेलाडी वरिपरि नभएको अवस्थामा फ्रान्सेली खेलाडी पिएर कालुलुले म्याथेउस नुनेसको क्रसलाई आफैंको पोष्टमा आत्मघाती गोल गरे।
दोस्रो हाफ सुरु भएलगत्तै हालान्ड मैदानमा उत्रिए र नुनेसको पासमा ५२ औं मिनेटमा गोल गरे। त्यसपछि फिल फोडेनले ६९ औं नजिकैबाट गोल गरे । साविन्होले ७५ औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरे।
युभेन्टसका स्ट्राइकर दुसान ब्लाहोभिचले खेलमा पहिला मौका चुकाए पनि ८४ औं मिनेटमा पछि सान्त्वना गोल गरे। तर त्यो धेरै ढिलो भइसकेको थियो, किनभने सिटीले समूह चरणमा शत प्रतिशत जितसहित उत्कृष्ट प्रदर्शन गर्दै अन्त्य गरे ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह