
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगल डिआर कंगो सँग १–१ को बराबरीमा रोकिएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएकव समुह के को खेलमा पोर्चुगलले सुरुवातमै अग्रता लिएपनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भएको हो ।
पोर्चुगलका जोआओ नेभेसले छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । उनले पेड्रो नेटोको क्रस हेड मार्फत गोल गरेका हुन् । तर, ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको डिआर कंगोले पहिलो हाफमै बराबरी गोल फर्कायो । कंगोका योहान विसाले पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा बराबरी गोल गरेका थिए ।
फिफा विश्वकप इतिहासमा कंगोको यो पहिलो गोल र पहिलो अंक समेत हो । यसअघि सन् १९७४ मा जायरको नामबाट विश्वकप खेल्दा समूह चरणमा तीन खेलमा पराजित भएको कंगोले कुनै गोल गर्न सकेको थिएन । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो लगातार छैटौं विश्वकप खेल्ने लियोनल मेसीको कीर्तिमान बराबरी गरेपनि उनले गोल भने गर्न सकेनन् ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन