
दोलखा । ‘स्विट्जरल्यान्ड अफ नेपाल’ को उपनामले परिचित जिरी दोलखा जिल्लाको प्रमुख पर्यटन गन्तव्य हो। हरियाली डाँडाकाँडा, खुला फाँट, परम्परागत बस्ती र चिसो हावापानीले भरिएको जिरीमा पछिल्लो समय पर्यटकको चहलपहल भने न्यून देखिएको छ।
एक समय सगरमाथा आरोहणतर्फ जाने विदेशी पर्यटकहरूको प्रमुख प्रवेशद्वार मानिने जिरी अहिले ओझेलमा परेको स्थानीयको गुनासो छ। सडक सञ्जाल विस्तार भए पनि पर्याप्त प्रचार प्रसार, पूर्वाधार विकास र व्यवस्थित पर्यटन योजनाको अभावले अपेक्षित पर्यटक भित्रिन नसकेको उनीहरू बताउँछन्।
जिरी आसपासका च्योर्दुङ डाँडा, हनुमन्ते डाँडा, जिरेश्वरी महादेव, शैलुङ डाँडा, कालिन्चोक भगवती, बिगु गुम्बा, तामाकोशी नदी क्षेत्र तथा रोल्वालिङ क्षेत्रजस्ता गन्तव्यहरू पर्यटनको ठूलो सम्भावना बोकेका छन्। यी गन्तव्यलाई जिरीसँग जोडेर प्याकेजका रूपमा प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने पर्यटन व्यवसायीहरूको भनाइ छ।
स्थानीय संस्कृति, कृषि जीवनशैली र प्राकृतिक दृश्यको संरक्षण गर्दै दिगो पर्यटन विकासमा जोड दिन सके जिरी फेरि पर्यटकको आकर्षक गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ।













समाचार
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
बलर चम्किदा नेपाल एसीसी प्रिमियर कपकाे फाइनमा
मध्यावधि निर्वाचनअघि ट्रम्पको घोषणा– वयस्कलाई ५ हजार डलर ‘लाभांश’
उद्योगी–व्यवसायीलाई लाञ्छित गर्ने उद्योगमन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक: महासंघ
कालिञ्चोक दर्शनले बोनस सेयर वितरणपश्चात हकप्रद जारी गर्ने
झण्डै १४ अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सिमित