
काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको फाइनमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनमा ओवानलाई ८७ रनले पराजित गर्दै फाइनमा पुगेको हो ।
जितका लागि १४८ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरेको ओमान ६० रनमा अलआउट भए पछि नेपालले फाइनमा पुगेको हो । ब्याटर नचलेको खेलमा बलेर नेपाललाई जित दिलाए । नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरिले समान ३/३ विकेट लिए । त्यस्तै लिलत राजबंशी र रोहित पौडेलले समान दुई विकेट लिए । ओमानका लागि जतिन्द्रर सिंहले सर्वाधिक २५ रनको पारी खेले । अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन् ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले विर्सनलाय ब्याटिङ गर्दै जम्मा १४७ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । त्यस्तै बसिर अहमदले ४७ रनको योगदान दिए । अन्य कोही पनि ब्याट्सम्यान चल्न सकेनन् । ओपनरद्वय देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे ।
बलिङतर्फ ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन तथा मुहम्मद इमरानले दुई विकेट लिए । यस्तै, मुजीबुर अलि र शकिल अहमदले एक–एक विकेट लिए । अब उपाधिका लागि नेपालले युएईसँग खेल्ने छ ।












समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद