दीपेन्द्रको अर्धशतकमा वेस्ट इन्डिजविरुद्ध नेपालको सम्मानजनको लक्ष्य

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई जितका लागि १३४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीध ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको हो ।

निकै खराब सुरुवात गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरि र सोमपाल कामीले सम्मानजनक अवस्थामा पुर्‍याएका हुन् । यी दुईले ७ औँ विकेटका लागि ५४ रनको साझेदारी गरे । नेपालका लागि ऐरिले सर्वाधिक ५८ रनको योगदान दिए भने सोमपालले पनि टोलिका लागि २६ रनको पारी खेले । अन्यले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । ७३ रनमा ७ विकेट गुमाएको अवस्थामा सोमपाल र दीपेन्द्रले नेपालको पारी सम्मालेका थिए । नेपालको लागि तेस्रो सर्वाधिक रन लोकेश बमले बनाए । उनले १३ रन बनाए । गुल्सन झा र आशिफ शेखले ११÷११ रन बनाए ।

वेस्ट इन्डिजका लागि जेसन होल्टरले ४ विकेट लिए । त्यस्तै रोष्टन चेस, शमर जोसेफ, अकिल होसेन र म्याथ्यू फोर्डले समान १–१ विकेट लिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार