
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशतर्फ अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समुहबाट ४ जना प्रदेश अध्यक्षहरु निर्वाचित भएका छन् । महासंघ प्रदेशको सम्पन्न भएको ५ वटा अधिवेशनमध्ये उक्त समुहबाट ४ प्रदेश अध्यक्ष चयन भएका हुन् ।
जस अनुरुप गण्डकीमा उक्त समुहका नरेश कँडेल सर्वसम्मतीमा अध्यक्ष भएका हुन् । उक्त प्रदेशको शुक्रबार अधिवेशन सम्पन्न भएको थियो । यसैगरी मधेशबाट बिजय शाह र कर्णालाीबाट धनबहादूर ओली सर्वसम्मतीमा निर्वाचित भएका हुन् । यसैगरी आईतबार सम्पन्न कोशी प्रदेशको निर्वाचनमा पनि चन्द्र–हेमराज ढकाल समुहबाट राजेन्द्र बहादूर राउत भारी मतान्तरले विजयी भएका छन् । उनी खसेको कुल मतमध्ये ७० प्रतिशतभन्दा बढी मत ल्याएर बिजयी भएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला नगरतर्फ प्रदेश अध्यक्षहरुको भुमिका महत्वपूर्ण हुन्छ । हालसम्म ५ वटा प्रदेशको अध्यक्ष चयन भएकोमा ३ प्रदेशको अध्यक्ष चन्द्र–हेमराज समुहबाट हुँदा त्यसले आगामी निर्वाचनमा ठूलो महत्व राख्नेछ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम