
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित श्री ठुलो थकनी माध्यमिक विद्यालय पाटी भञ्ज्याङमा नेपाल स्काउट अन्तर्गतको ठुलो थकनी स्काउट ट्रुपको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक तिलक राज खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सन्जिब तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी, नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक बिदुर गिरी विशिष्ट अतिथि तथा मेलम्ची नगर स्काउटका प्रमुख आयुक्त सुनिल कुमार भण्डारी विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बिदुर गिरीले दीक्षित दल समिति सदस्य तथा विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर । उनले स्काउटका आधारभूत सिद्धान्तलाई अनुशासनपूर्वक जीवनमा उतार्दै सेवा भावका साथ अघि बढ्न आग्रह गरे। स्काउट शिक्षा पोशाक र शपथमा मात्र सीमित नभई व्यवहारमा लागू गर्नुपर्ने जीवनोपयोगी शिक्षा भएको उनको भनाइ थियो। समारोहमा अन्य वक्ताहरूले पनि स्काउटिङ शिक्षाले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, सामाजिक उत्तरदायित्व तथा राष्ट्रप्रतिको कर्तव्यबोध जागृत गराउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।
विद्यालय तहबाटै स्काउट गतिविधिमा संलग्न हुँदा विद्यार्थीहरू अनुशासित, जिम्मेवार र सेवाभावयुक्त नागरिक बन्ने विश्वास व्यक्त गरिएको थियो। कार्यक्रम सञ्चालन शिक्षक चित्रबहादुर बिष्टले गरेका थिए। कार्यक्रममा नगर स्काउटबाट उपलब्ध गराइएको पाठ्यक्रमअनुसार विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरिएको जानकारी समेत दिइएको थियो।
समारोहका अवसरमा मेलम्ची नगर स्काउटका प्रमुख आयुक्त सुनिल कुमार भण्डारीले ७ जना दल समिति सदस्यलाई दीक्षा प्रदान गरे त्यस्तै, स्काउटर रामबाबु नेपाल र समिक्षा नेपालले २७ जना विद्यार्थीलाई औपचारिक रूपमा स्काउट दीक्षा प्रदान गरेका थिए । विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व