
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको महत्त्वपूर्ण शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले सम्झौताका अन्तिम विवरणहरू छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराएका हुन् ।
प्रस्तावित सम्झौतामा विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा समावेश छ । ट्रम्पले यसबारे थप विवरण भने खुलाएका छैनन् । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघायी हमानेहले पनि अमेरिकी र इरानबीचको शान्ति वार्ता अत्यन्तै सकारात्मक रूपमा अघि बढेको बताएका छन् ।
तर मुख्य विषयहरूमा अझै पूर्ण सहमति नभएको र अमेरिकाले विरोधाभासी अभिव्यक्ति दिइरहेको आरोप इरानले आरोप लगाइरहेको छ । बीबीसीका अनुसार ट्रम्पले साउदी अरेबिया, युएई, कतारसहित अन्य खाडी देशका नेताहरूसँग वार्ता सकारात्मक भएको बताएका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संवाद पनि सकारात्मक रूपमा चलिरहेको बताए ।
गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा ठूलो आक्रमण गरेका थिए । अप्रिलको शुरुवातमा युद्ध विराम भएपछि अमेरिका र इरानबीच दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ताको प्रयास भइरहेको छ । यसको मध्यस्थता पाकिस्तानले गरिरहेको छ । पाकिस्तानका सेना प्रमुख आसिम मुनीर इरानको राजधानी तेहरान पुगेका छन् ।
दुई देशबीचको युद्धले अहिलेसम्म ठूलो क्षति भइसकेको छ । विश्वभर तेल आपूर्तिमा अवरोधसँगै मूल्य तीव्र रूपमा बढेको छ । इरानको तेल निर्यात लगभग ठप्प हुँदा उसको अर्थतन्त्रमा ठूलो दबाब परेको छ भने अमेरिका र युरोपमा पनि मुद्रास्फीति तथा इन्धन खर्च बढेको छ । युद्ध अन्त्य नभए विश्वव्यापी आर्थिक मन्दीको जोखिम बढ्ने विश्लेषण भइरहेको छ ।













समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
ह्यालान्डको गोलमा सिटीको जित
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
सुखद खबरको पर्खाइमा परिवार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन