हामीले ५ वर्षको स्थायी सरकार मागेका हौँ : रवि लामिछाने 

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले कुशासन, भ्रष्टाचार, बेथितिको सटर फागुन २१ गते बन्द गराइदिने बताएका छन् । धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रास्वपाले जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणा पत्रमा लेख्ने युगलाई अन्त्य गर्ने बताए ।

उनले भने, ‘जनताको माग पूरा गर्ने हो, त्यसैले हामीले यसपटक ५ वर्षको स्थायी सरकार मागेका हौँ । अब बाचा गर्ने तर पूरा नगर्ने हो भने सजाय पाउनुपर्छ । अब जनताले सजाय पाउने होइन, त्यसैले हामीले स्थायी सरकार भनेका हौँ ।’

उनले भारतसहित देशबाहिर भएकाहरूलाई छुट्टी मिलाएर भए पनि भोट हाल्न आउन आग्रह गरे । यसअघि सधैँको चुनावमा नेताले जित्दै आएको भए पनि यसपटक जनतालाई जिताएर छाड्ने बताए । उनले यो चुनावमा मत नबाँड्नको लागि मतदातालाई आग्रह गरे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार