काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ६०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १५ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १४ हजार ८०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर ५ हजार ७२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ७१५ रुपैयाँ रहेको थियो ।