काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । फागुन १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नायब सीईओको जिम्मेवारी दिएको हो ।
उनलाई फागुन ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ ।