
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँठफाँट सम्पन्न गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान बाँडफाड सम्पन्न गरेको छ ।
कम्पनीको आईपीओ १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले ११ लाख ८० हजार २ सय ६० कित्ता शेयर हात पारेका छन् । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
नेपाल धितोपत्र बोर्डले मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।
कम्पनीले ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ । कम्पनीमा सोपान मल्टिपलको १० लाख कित्ता शेयर लगानी रहेको छ भने मुक्तिनाथ क्यापिटलको २ लाख कित्ता शेयर लगानी रहेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह