क्षतिग्रस्त पोखरा एनसेल सेन्टर पुनःसञ्चालनमा

गण्डकी । जेनजी आन्दोलनका क्रममा तोडफोडपछि क्षतिग्रस्त बनेको पोखरास्थित एनसेल सेन्टर आजदेखि पुनः सञ्चालनमा आएको छ ।

पोखराको सिर्जना चोकस्थित सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोड पश्चात क्षतिग्रस्त बनेपछि बन्द रहेकामा आजदेखि पुनःसञ्चालनमा ल्याइएको हो । मर्मत सम्भार पश्चात पुनःसञ्चालनमा ल्याइएको सेन्टरको आज एक समारोहका बीच एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्स प्रालिका अधिकृत एमप्रसाद गौतमले उद्घाटन गरे ।

सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रुपमा ग्राहक सेवा एक तलामाथि रहेको कार्यालयबाट प्रदान गर्दै आएको थियो । ग्राहक सेवालाई अझ सहज र गुणस्तरीय बनाउन एनसेलले देशका विभिन्न भागमा ३१ एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार