सातामा करिब १३ अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कतिले घटबढ भयाे ?

काठमाडौं । यस साता नेप्से परिसूचक करिब १३ अंक बढेको छ । गत साता २६४२.१५ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.४८ प्रतिशत अर्थात १२.७८ अंक बढेर २६५४.९३ विन्दुमा बन्द भएको छ । यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो ।

यस साता सेन्सेटिभ इण्डेक्स ३.८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२५ अंक बढेको छ । नेप्से बढेपनि यस साता कारोबार रकम भने घटेको छ । गत साता दैनिक औषतमा ८ अर्ब १५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ९३ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३९.४२ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ४१.७७ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३३.९० प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि ०.४८ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ४४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २१ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ ।

१३ उपसमूहमध्ये यस साता ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशत बढेको छ। गत साता १२ हजार ६०१.६१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २३५.७० अंक बढेर १२ हजार ८३७.३१ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको छ ।

यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशत घटेको छ। गत साता ३७४०.८९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १००.४४ अंक घटेर ३६४०.४५ विन्दुमा झरेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार