
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले वृद्धि भई ५५ खर्ब ९९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार उक्त अवधिमा निजी क्षेत्रमा कर्जा प्रवाह भएको हो।
वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रले ६२.७ प्रतिशत हिस्सा ओगटेको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.३ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ।
यो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा २.० प्रतिशतले, विकास बैंकहरूको ०.८ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षका पहिलो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जामध्ये निर्माण क्षेत्रतर्फ ५.२ प्रतिशत, उपभोग्य क्षेत्रतर्फ ५.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ३.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ २.५ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फ ०.४ प्रतिशतले कर्जा वृद्धि भएको देखिन्छ। यसै अवधिमा कृषि क्षेत्र तथा वित्त, बीमा र अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा भने २.२ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जाको प्रकृतिअनुसार हायर पर्चेज कर्जा ६.१ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ५.७ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.७ प्रतिशतले, क्यास क्रेडिट कर्जा २.६ प्रतिशतले, आवधिक कर्जा १.२ प्रतिशतले, माग तथा अन्य चालु पुँजी कर्जा १.० प्रतिशतले तथा ट्रष्ट रिसिट (आयात) कर्जा ०.९ प्रतिशतले वृद्धि भएको छ। यस क्रममा अधिविकर्ष कर्जा भने ५.४ प्रतिशतले घटेको छ।












समाचार
काली गण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा
अदालतले भन्यो : दुर्गा प्रसाईंलाई छाड्देउ
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध
करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ७८० उत्कृष्ट सिटिजन लिडर र अभिकर्ता सम्मानित
मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंक समाधान गर्ने ‘इनोभिजन’ विजेता
जुलाईमा भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे
परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ