रुपन्देही -२ : विष्णु पौडेलभन्दा रास्वपाका सुलभ खरेल ८ हजार बढी मतले अगाडि

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष तथा ‘हेभीवेट’ नेता विष्णु पौडेलको विरासत संकटमा परेको छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले अप्रत्याशित र फराकिलो मतान्तरसहित आफ्नो अग्रतालाई आक्रामक बनाएका छन्।

पछिल्लो तथ्यांक अनुसार रास्वपाका खरेलले १० हजार ५ सय १९ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका प्रभावशाली नेता विष्णु पौडेलले मात्र २ हजार १ सय ९३ मत प्राप्त गरेका छन्। खरेल र पौडेल बीचको मतान्तर ८,३२६ पुगिसकेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार