सुनचाँदीको मूल्यमा उच्च वृद्धि, तोलाको कति ? 

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ३१० रुपैयाँले बढेको हो । आज सुन तोलाको ३ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ३१० रुपैयाँले बढेर ५ हजार ७२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलामा ५ हजार ४१० रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार