बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो । यससँगै आज सुनको मूल्य तोलामा ३ लाख १९ हजार रुपैयाँ पुगेको छ । फागुन २६ गते हिजो सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ ।आज चाँदी प्रतितोला पाँच हजार ७२० रुपैयाँमा किनबेच भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार